नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस हुनुभएको छ । उहाँ सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस हुनुभएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही सम्मानित हुनुुभएको छ । लामा साँस्कति मञ्च हुुम्लाले मुख्यमन्त्री शाहीलाई सम्मानित गरेको हो । मञ्चका सदस्य राजबहादुुर लामाले मुख्यमन्त्री शाहीले सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको बताउनुुभयो ।
बिहीबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई राष्ट्रिय सभामा पेस गर्नुभएको हो ।
पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गरिने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र बीपी सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।
बिहीबार बैठकमा शून्य समयमा भाग लिनुहुँदै सांसद सांसद नारायणदत्त मिश्रले अघोषित रुपमा लोडसेडिङ हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । साथै उहाँले डेङ्गुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
झापाको कमल गाउँपालिकामा भदौंको दोस्रो सातामा नयाँ अभ्यासको रुपमा धानको विउँ उत्पादनका लागि बीजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २ मा सामुहिक रुपमा धान लगाइएको कृषि प्राविधिक समेत रहनु भएका स्थानीय टंक कट्टेलले बताउनुभयो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीको एउटै लक्ष्य घरेलु मैदानमा हुने साफ महिला फुटबलको उपाधि जित्नु रहेको बताउनुभएको छ । नेपाली टोली अहिले दैनिक प्रशिक्षणमा ब्यस्त छ ।
काठमाडौं, भदौ १६ गते । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पहिले सार्वजनिक भएको टिजरमा भन्दा ट्रेलरमा केही नयाँ देख्न सकिन्छ । ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ । फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ ।
लमजुङ प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ८ घाम्राङ घर भई वडा ९ साल्मे बस्ने २७ बर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक लुकाई छिपाई राखेको र स्थानीय मानिसलाई धाकधम्की दिनेगरेको सूराकको आधारमा खोजतलास गरी प्रक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय भोर्लेटार र नजिकैको प्रहरी चौकीबाट खोजतलास गर्नेक्रममा एउटा लोड गरेको र एउटा बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।
न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्ज स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ । निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन् ।
बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले गठबन्धनबिरुद्ध नबोल्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा गठबन्धन कांग्रेसको लागि आवश्यक भएकाले बिरोध गर्न नहुने बताउनुभयो ।
काठमाडौं, साउन १६ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय सभा गृहमा विपद् व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण गर्नुभएको छ। बिहीबार दमकल हस्तान्तरण गर्दै प्रमुख शाहले आगलागीजन्य विपद्लाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताउनुभयो।महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उहाँले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताउनुभयो। यसैगरी महानगर उपप्रमुख सुनिता डंगोलले दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामा समेत लाभ पुग्ने भनाइ राख्नुभयो। विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले काठमाडौं महानगरमा घनाबस्ती भएकोले आगलागी जस्ताविपद्को कोणबाट जोखिममा रहेको बताउनुभयो। श्रेष्ठले भन्नुभयो, “विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ।”जुद्धवारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक वारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र दुई वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन्। त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन्।नयाँवाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने दुई वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने तीन वटा गरी पाँच वटा दमकल सञ्चालनमा छन्। त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी दुई वटा भर्याङ छन्। रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन्। जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन्। यसैगरी पाँच वटा फायर मोटरसाइकल सञ्चालनमा छन्। दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ। यस्तै पानी तानेर फाल्नका लागि पाँच वटा पम्प छन्। दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो। त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो। कम्पनीले करबाहेक सात करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो। नयाँ दमकलको इन्जिन क्षमता २७० एचपी हो। दमकलमा प्रतिमिनेट तीन हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ। यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन्। एकैपटक चार वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुई वटा सक्सन लाइनबाट पानी तान्न सक्छन्। आठ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रोलियम पदार्थ लागेको र ग्यासमा लागेको आगो निभाउन सक्छन्।