• १३ साउन २०८१, आइतबार

गठबन्धन गर्नु कांग्रेसको आवश्यकता : नेता भण्डारी

blog

कार्यक्रममा सहभागी हुँदै केन्द्रीय सदस्य भण्डारी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले गठबन्धनविरुद्ध नबोल्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा गठबन्धन कांग्रेसको लागि आवश्यक भएकाले विरोध गर्न नहुने बताउनुभयो । 

गठबन्धन गर्नु बाध्यता र आवश्यकता दुवै भएकाले त्यसबिरुद्ध बोल्न उपयुक्त नहुने बताउनुभयो । पार्टीको तर्फबाट उम्मेदवार बनेको मात्रै नभई गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेको प्रचार गर्नुपर्ने नेता भण्डारीले बताउनुभयो । ‘कांग्रेस र गठबन्धनलाई जिताउने सामूहिक दायित्व हो भन्ने कुरा भुल्न हुँदैन’ भण्डारीले भन्नुभयो । 

केन्द्रीय कार्य समितिको निर्णय र सहकार्य गरी स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको  गठबन्धनकै आधारमा सङ्घ र प्रदेशको चुनाव हुने उहाँले स्पष्ट पार्नुभयो । भण्डारी यो व्यक्ति ठिक यो बेठिक भनेर सामाजिक सञ्जालमा राख्न कार्यकर्ताले उपयुक्त नभएको बताउनुभयो । पार्टीले जसलाई टिकट दिन्छ उसैलाई जिताउनु पर्ने उहाँको सुझाव छ ।  कार्यक्रममा कांग्रेस तनहुँका निवर्तमान सभापति वैकुष्ठ न्यौपाने, रघुनाथ पौडेल, प्रा.डा.कृष्णप्रसाद गौतम, व्यास नगरसभापति सूर्यचन्द्र हड्खले लगायतले धारणा राख्नुभएको थियो ।