• १३ साउन २०८१, आइतबार

२४ घण्टामा थप २६९ जनामा कोरोना पुष्टि, एकको मृत्यु

blog

काठमाडौं, भदौ १६ गते । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५५७ जनाको कोरोना परीक्षण गर्दा २६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार ७३२ जनाको पीसीआर परीक्षण गर्दा १८० र एक हजार ८२५ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१५ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा एकजना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै, हाल मुलुकमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १५८ छ ।