फुङ्लिङ नगरपालिकाले ज्येष्ठ नागरिक अक्षयकोष स्थापना गर्ने भएको छ । एक सय वर्ष माथिका ज्येष्ठ नागरिकको उपकार तथा हितका लागि नगरपालिकाले उक्त अक्षयकोष स्थापना गर्ने भएको हो ।
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले सुरुदेखि नै आफ्नो अग्रतालाई कायम राख्नुभएको छ ।
ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । हाल उच्च शिक्षा अध्ययनरत दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल छात्रवृत्ति प्रदान गरिएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले घरघरमा पुगेर अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । गाउँपालिकाले ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ तथा ‘क’ र ‘ख’ वर्गका अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो ।
ताप्लेजुङका किसान कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कोदोबाट फाइदा नहुने भन्दै खेती गर्न छोडिँदै गएकोमा पछिल्लो समय यसको खेतीतर्फ किसान आकर्षित हुँदै गएका हुन् ।
ताप्लेजुङमा निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना बढ्दै गएको छ । गत स्थानीय तह निर्वाचनको तुलनामा यस पटक निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना बढेको पाइएको हो ।
ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र छोरा पक्राउ परेका छन् । छोरासँग मिलेर कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका ४५ वर्षीय विद्याराज लिम्बू पक्राउ परेका हुन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अवैध रूपमा बिक्री गरिँदै आएको पेट्रोल र सुर्तीजन्य वस्तु जफत गरिएको छ । बजार अनुगमनका क्रममा फेला परेको अवैध पेट्रोल र सुर्तीजन्य वस्तु अनुगमन टोलीले जफत गरेको हो ।
नेपाल शेर्पा सङ्घ ताप्लेजुङको अध्यक्षमा पासाङरिता शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित ‘सिदिङ्वा डान्स स्टार’ नृत्य प्रतियोगिताको उपाधि अस्मी लिङ्देनले जित्नुभएको छ । निर्णायक चरण (फाइनल) मा नौजना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मीले उपाधि जित्नुभएको हो ।
ताप्लेजुङ सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको सिद्धि डाँडामा रहेको शेष नाग पोखरी पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय सौन्दर्यीकरण गर्न थालिएसँगै पर्यटकको भीड लाग्न थालेको हो ।
ताप्लेजुङमा दुर्लभ रेड पान्डा (रातो हाब्रे) संरक्षण गर्न कुकुरको बन्ध्याकरण गरिएको छ । घर पालुवा तथा सामुदायिक (भुस्याहा) कुकुरको आक्रमणबाट रेड पान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण गरिएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमई लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ । फुङ्लिङ बजारको वीरेन्द्रचौकस्थित कञ्चन मनि ट्रान्सफरमा लुटपाट मच्चाउनेमध्ये तीन जनालाई सोमबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्न भएको छ । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै प्रादेशिक भेला सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न भएको हो । सो अवसरमा फोनिज भेलाले प्रदेश १ को नामकरण गर्दा पहिचान र ऐतिहासिक महत्वका आधारमा गर्न सुझाव दिएको छ ।
ताप्लेजुङमा म्यादी प्रहरीका लागि आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माग भएको म्यादी प्रहरीमा आवेदन दिनेको सङ्ख्या उल्लेख्य भएका हुन् ।