ताप्लेजुङमा दुईवटा मतदान स्थल थप भएको छ । जिल्लामा थप भएको दुईसमेत अब आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७५ वटा मतदान स्थल कायम भएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा सरसफाइ र वृक्षरोपण गरिएको छ । आउँदो असोज दोस्रो साता आयोजना गर्न लागिएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव २०७९ लाई लक्षित गरी पाथीभरा क्षेत्रमा सफाई र वृक्षारोपण गर्न थालिएको हो ।
ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुको रातमाटे खण्डमा शनिबार साँझ मे१ज २०७४ नम्बरको जिप दुर्घटना हुँदा एक महिलासहित दुई जना यात्रु घाइते भएका हुन् ।
ताप्लेजुङस्थित फरवार्ड माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका सेवाग्राहीको आफन्तलाई बिमाबापतको मृत्युदावी रकम उपलब्ध गराएको छ । संस्थाले फुङ्लिङ शाखामा सदस्य बनी कर्जालगायत संस्थासँग नियमित कारोबार गर्ने फुङ्लिङ नगरपालिका–४ की कालीमाया हेम्ब्या मादेनको लिम्बूको आफन्तलाई मृत्युदावी रकम उपलब्ध गराएको हो ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २८ वर्षीय खेमराज बर्देवा रहेका छन् ।
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलमा क्याबिन राख्न प्रतिवन्ध गरिएको छ । जिल्लामा अवाञ्छित गतिविधि मौलाउँदै गएसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको निस्कर्षसहित होटलहरुमा क्याविन राख्न प्रतिवन्ध गरिने भएको हो ।
ताप्लेजुङमा कार्यरत इन्जिनियरहरुले विद्यार्थीलाई झोला (स्कूल ब्याग) प्रदान गरेका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्जिनियरहरुले झोला प्रदान गरेका हुन् ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मतदाताको सङ्ख्या साढे नब्बे हजार बढी हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कूल मतदाताको सङ्ख्या ९० हजार ६४० हुने भएको हो ।
ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे जनयुद्ध (माओवादी द्वन्द्व) का कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो ।
ताप्लेजुङको उत्तरी टिपताला नाका विगत तीन वर्षदेखि बन्द रहेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको उक्त नाका बन्द भएको हो ।
ताप्लेजुङमा दुईवटा नयाँ मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
ताप्लेजुङमा एक वर्षको अवधिमा एकसय जनाभन्दा बढीको अकालमा ज्यान गएको छ । प्रहरीका अनुसार भवितव्य, कर्तव्य ज्यान, आत्महत्या लगायतका कारणबाट उनीहरुको अकालमै ज्यान गएको हो ।
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा फेला परेको दुईवटा मानव कङ्काल दुई महिनादेखि अलपत्र परेको छ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा फेला परेको मानव कङ्काल जिल्ला अस्पतालको सव–गृहमा अलपत्र परेको हो ।
ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज भएको हो ।
ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल नेपालले सरसफाई अभियान सञ्चालन गरेको छ । ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले ओलाङ्चुङगोला क्षेत्रमा सरसफाई गरेको हो ।