• १५ चैत २०८०, बिहिबार

दुर्गमका विद्यार्थीलाई झोला प्रदान

blog

कक्षा १–३ का विद्यार्थीहरुका लागि झोला हस्तान्तरण गरिँदै । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङमा कार्यरत इन्जिनियरहरुले विद्यार्थीलाई झोला (स्कूल ब्याग) प्रदान गरेका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको दुईवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्जिनियरहरुले झोला प्रदान गरेका हुन् । 

खेजेनिमस्थित शिबु आधारभूत विद्यालयका ४५ जना र चवाखु आधारभूत विद्यालयका ३० जना विद्यार्थीका लागि झोला उपलब्ध गराएको इन्जिनियर नन्दकुमार ओझाले जानकारी दिनुभयो । उक्त दुई विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीका लागि झोला उपलब्ध गराइएको हो । झोला भने सम्बन्धित विद्यालयका विद्यार्थीलाई वितरण गर्नेगरी फक्ताङ्लुङका उपाध्यक्ष रबीन साम्रा (विकास) लाई एकमुष्ट हस्तान्तरण गरिएको छ ।

यता विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्य राखेर आफूहरुले झोला उपलब्ध गराएको इन्जिनियर ओझाले बताउनुभयो । गतवर्ष पनि फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सुस्तश्रवण तथा फरक क्षमता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।  

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।