• १६ चैत २०८०, शुक्रबार

अस्मि बन्नुभयो ‘सिदिङ्वा डान्स स्टार’

blog

सिदिङ्वा डान्स स्टारका विजेता, उपविजेता र तृतीय ।

ताप्लेजुङ, असोज ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित ‘सिदिङ्वा डान्स स्टार’ नृत्य प्रतियोगिताको उपाधि अस्मि लिङ्देनले जित्नुभएको छ । निर्णायक चरण (फाइनल) मा नौजना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिले उपाधि जित्नुभएको हो । 

समृद्ध सिदिङ्वा नागरिक समाज नामक संस्थाले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेता अस्मिले ३५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । यस्तै प्रतियोगिताको उपविजेता (द्वितीय) नुमा तुम्बापो र सुनीता लिङ्देन तृतीय बन्नुभएको छ । 

द्वितीय तथा तृतीय हुनेले क्रमशः १५ हजार र १० हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको आयोजक संस्थाका कार्यक्रम संयोजक कमल कडरियाले जानकारी दिनुभयो । कडरियाका अनुसार प्रतियोगितामा दुई जनालाई सान्तवना स्वरुप पाँच-पाँच हजार रुपियाँ नगद प्रदान गरिएको छ । उपाधि विजेता अस्मी, उपविजेता नुमा र तृतीय सुनीता क्रमशः सिदिङ्वा गाउँपालिका–६ मेहेले, वडा ४ साब्लाखु र वडा नं. ३ आँखोपका हुनुहुन्छ ।

सिदिङ्वा डान्स स्टार प्रतियोगिता गत असोज ३ गतेबाट सुरु गरी विभिन्न चार चरणको छनोट प्रक्रियासँगै सम्पन्न गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि सिदिङ्वा गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । नृत्य विधाका प्रतिभा पहिचान तथा छनोटका लागि प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।