• १३ वैशाख २०८१, बिहिबार

शेर्पा सङ्घ ताप्लेजुङ अध्यक्षमा पासाङरिता

blog

नेपाल शेर्पा सङ्घको नवनिर्वाचित पदाधिकारी ।

ताप्लेजुङ, असोज ३१ गते । नेपाल शेर्पा सङ्घ ताप्लेजुङको अध्यक्षमा पासाङरिता शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

कार्यसमितिको उपाध्यक्षमा दादोर्ची शेर्पा, सचिव फुर्वा शेर्पा, सहसचिव विमल शेर्पा, कोषाध्यक्ष अर्जुन शेर्पा र सह–कोषाध्यक्षमा निमातेन्जी शेर्पा चयन हुनुभएको छ । ओङ्दी शेर्पा, मिङ्मा खाङ्डु शेर्पा, शङ्कर शेर्पा, ओङ्दी नावा शेर्पा, मिङ्मादिकी शेर्पा कार्यसमितिको सदस्य रहनुभएको छ ।

शेर्पा समुदायको जातीय संस्थाको रुपमा रहेको सङ्घले संस्कार–सस्कृति तथा मौलिक परम्परालाई संरक्षण, प्रवर्धन गर्नेलगायतका क्रियाकलाप गर्दै आइरहेको छ । कार्यसमितिको कार्यकाल तीन वर्षको हुने सङ्घले जनाएको छ । 

यता सङ्घको अधिवेशनका अवसरमा गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित शेर्पा समुदायका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।