• १४ वैशाख २०८१, शुक्रबार

नेपाल पहिलो पटक विश्व साइक्लिङ खेल्दै

blog

बिदाइ कार्यक्रममा विश्व साइक्लिङ खेल्न खेलाडी ।

काठमाडौं, साउन १८ गते । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदैछ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा पुरुष/महिला एक एक जना खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नुहुनेछ । दुवै १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पनि छनोट हुनुभएको छ । उषाले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा एमटीबी क्रस कन्ट्रीमै रजत जित्नुभएको थियो । 

टोलीको व्यवस्थापकमा नेपाल साइक्लिङ सङ्घका महासचिव रञ्जन राजभण्डारी हुनुहुन्छ । नेपाली टोली आइतबार स्कटल्यान्ड प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिहीबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो ।