• २४ वैशाख २०८१, सोमबार

नवलपुर र पर्वतलाई भलिबल उपाधि

blog

उपाधिसहित नवरपुरका खेलाडी । तस्बिर : गोरखापत्र

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १२ गते । गण्डकी प्रदेश स्तरीय भलिबलको उपाधि नवलपुर र पर्वतले जितेको छ । गोरखाको बारपाकमा भएको प्रतियोगितामा पुरुषतर्फ नवलपुर र महिलामा पर्वत च्याम्पियन बनेको हो । 

बारापाक सुलीकोट गाउँपालिकाको संयोजनमा भएको बुधबार समपन्न भएको खेलमा नबलपुरले स्याङजालाई ३–२ को सेटमा हरायो । उपाधिसँगै नवरपुरले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता स्याङ्जाले ७५ हजार र तेस्रो भएको म्याग्दीले ५० हजार रुपियाँ पुरस्कार पाएको छ । 

प्रतियोगितामा नवलपुरका सर्भर किरणबहादुर गाहा, रिसिभर नबलपुरका रिमबहादुर चौधारी, सर्भर म्याग्दीका देबेन्द्र बुढा, स्याङजाका स्याङ थापा डिफिन्डर र उत्कृष्ट प्रशिक्षक नवलपुरका रामनारायण महतो हुनुभयो । उत्कृष्ट खेलाडीको पुरस्कार नबलपुरका हिमाल सुनारीले पाउनुभयो । 

यस्तै महिलातर्फ पर्बतले म्याग्दीलाई हराउँदै उपाधि जितेको हो । स्याङजा तेस्रो भएको छ । उपाधिसँगै पर्वतले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता म्याग्दीले ७५ हजार र तेस्रो भएको स्याङ्जाले ५० हजार रुपियाँ पायो । 

उत्कृष्ट स्पाईकर डिना पुलामी मगर म्याग्दी, सेटर पर्बतकी पबित्रा मगर्, रिसिभर म्याग्दीकी रिमा कुबँर, सर्भर मनिसा एलिजा म्याग्दी, र स्याङजाकी रिजा दर्लामी मगर डिफेन्डर हुनुभयो । विजेताहरुलाई बारपाक गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले पुरस्कार प्रदान गर्नुभयो । वैशाख १० गतेबाट सुरु भएको प्रतियोगितामा आठ जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।