• २३ वैशाख २०८१, आइतबार

महिला भलिबलमा एपिएफले आर्मीलाई हरायो

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १३ गते । नेपाल एपिएफ क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहीबार भएको खेलमा एपिएफले आर्मीलाई ३–२ को सेटमा हरायो । एपिएफले २५–२३, २५–२३, १३–२५, १४–२५, १५–९ को जित निकालेको हो ।

एपिएफकी स्पाइकर निरुता ठगुन्ना प्लेयर अफ दि म्याच हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।