• २३ वैशाख २०८१, आइतबार

पुरुषोत्तमलाई राष्ट्रिय जुनियर बुद्धिचाल उपाधि

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौँ, वैशाख १३ गते । वीरगन्जमा आयोजित तीन दिवसीय राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगीताको उपाधि १८ वर्ष मुनितर्फ पुरुषोत्तम सिलवालले जित्नुभयो । 

नेपाल बुद्धिचाल महासङ्घको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल सङ्घ र मुनलाइट माविको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उमेश भट्ट दोस्रो र शुभम् श्रेष्ठ तेस्रो हुनुभयो । १६ वर्ष मुनितर्फ अनुष्ण गौतम पहिलो, आद्यन्त काफ्ले दोस्रो र क्षितिज सेन तेस्रो हुनुभयो । १४ वर्ष मुनितर्फ अनुपजंग शाह पहिलो, कृषान्त घिमिरे दोस्रो र कशिव कार्की तेस्रो हुनुभयो । 

यस्तै १२ वर्षमुनितर्फ अबिन पाण्डे पहिलो, ओस्कार पन्थी दोस्रो र सरल मैनाली तेस्रो हुनुभयो । १० वर्ष मुनितर्फ अग्रिम सैँजु पहिलो, काठमाडौँका हार्दिक पन्त दोस्रो र साहस श्रेष्ठ तेस्रो हुनुभयो । आठ वर्ष मुनितर्फ सुनभ ओझा पहिलो, आर्थव त्रिपाठी दोस्रो र आगमन ठकुरी तेस्रो हुनुभयो । 

छात्रा १८ वर्ष मुनितर्फ सनम श्रेष्ठ पहिलो र साक्षी साह दोस्रो हुनुभयो । १६ वर्षमुनि पुर्णिमा गुरुङ पहिलो, उज्जीवनी कँडेल दोस्रो र विनीता प्रजापती तेस्रो हुनुभयो । १४ वर्ष मुनितर्फ स्नेहाकुमारी साह पहिलो र सृष्टि साह दोस्रो हुनुभयो । १२ वर्ष मुनि बिबिशा तामाङ् पहिलो हुनुभयो । १० वर्ष मुनि  ईशा गिरी पहिलो, सिम्रन गुरुङ दोस्रो र  कृतिमा तिमिल्सिना तेस्रो हुनुभयो । आठ वर्ष मुनितर्फ अग्रता आचार्य पहिलो र आर्जु रोकाय दोस्रो हुनुभयो । विजेतालाई नेपाल बुद्धिचाल महासङ्घका महासचिव धर्मबहादुर लामा, केन्द्रीय सदस्य राजु ताम्राकारलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

विजेताले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७औँ एसियन युथ चेस च्याम्पियनसिपमा भाग लिन पाउने महासङ्घले जनाएको छ । वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाडौँ, भक्तपुर लगायत जिल्लाबाट ७५ जना खेलाडीको सहभागिता थियो ।