• ६ जेठ २०८१, आइतबार

महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन पेश गर्नुहुँदै महालेखापरीक्षक टंकमणि शर्मा । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, चैत ३० गते । महालेखापरीक्षक टंकमणि शर्माले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको छ । 

बिहीबार महालेखापरीक्षक शर्माले राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति समक्ष संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।