शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, फागुन २२ गते । सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहको अग्रता कायमै रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार सिंहले नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई एक हजार १३३ मतले पछि पार्नुभएको छ ।
रास्वपाका सिंहले दुई हजार ८४७ मत प्राप्त गर्दा थापाले एक हजार ७१४ मत प्राप्त गर्नुभएको छ । अहिले रास्वपाका उम्मेदवार सिंहको गृहनगर बलरा नगरपालिकाको मतगणना चलिरहेको छ ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही ४ बाट ७७ हजार ९३१ मत खसेको छ ।