• १४ वैशाख २०८१, शुक्रबार

एपीएफको दोस्रो जित

blog

काठमाडौं, माघ १ गते । नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । इटहरी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ५३ रनले हरायो ।

एपीएफले दिएको एक सय ३७ रनको विजयी लक्ष्य पछ्याएको बागमती २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रनमा समेटिएको थियो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउनुभयो । सोनी पाख्रिनले १३, कन्चन श्रेष्ठले ११ र कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनुभयो ।

बलिङमा एपीएफका निशा भट्ट र कप्तान सीता रानामगरले तीन तीन विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ३६ रन बनाएको थियो। एपीएफका लागि इन्दु बर्माले ३८, कप्तान सीता रानामगरले ३६, नेरी थापाले १९ र ज्योती पाण्डेले १५ रन बनाउनुभयो । 

बलिङमा बागमतीका अस्मिना कर्माचार्य, मनिशा उपाध्याय, खुसी डङ्गोल र सोनी पाख्रिनले एक एक विकेट लिनुभयो । जितसँगै चार अङ्क बनाएको एपीएफ समूह ‘ए’ को शीर्षस्थनमा छ ।

अङ्कविहीन बागमती अन्तिममा छ । आइतबार नै भएको अर्को खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई आठ विकेटले हरायो । मधेशको यो पहिलो जित हो ।