• १४ वैशाख २०८१, शुक्रबार

माघे सङ्क्रान्तिमा खपत हुने कन्दमूलमा नेपाल आत्मनिर्भर

blog

माघे संक्रान्तिका लागि उपभोक्ताहरु कन्दमूल किनमेल गर्दै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, पुस ३० गते । नेपालको प्रत्येक चाडका विशेषता आ–आफ्नै खालका छन् । सँगै चाडपर्वका खान्कीहरु पनि भिन्नाभिन्नै छन् । तीजमा दर, दशैं तथा तिहारमा माछा, मासु एवम् सेलरोटी खाने प्रचलन छ । 

माघ १ गते मनाइने माघे संक्रान्तिको पनि छुट्टै विशेषता छ । संक्रान्तिका अवसरमा कन्दमूल, चाकु एवम् तिलका लड्डुहरु खाने गरिएको छ । चिसो मौसममा शरीरलाई न्यानो राख्ने खान्कीहरुमा यी खानेकुरा पर्दछन् । 

त्यसकारण तरुल, सखरखण्ड, पिँडालुको बिक्री बजारमा ह्वात्तै बढेको छ । आइतबार माघे संक्रान्ति पर्व हो । एक हप्तादेखि नै तरुल, शखरखण्ड तथा पिँडालुको व्यापार बढेको व्यापारीको भनाइ छ । 

तरुल, शखरखण्ड, पिँडालुको बिक्री बजारमा ह्वात्तै बढेको छ । आइतबार माघे संक्रान्ति पर्व हो । एक हप्तादेखि नै तरुल, शखरखण्ड तथा पिँडालुको व्यापार बढेको व्यापारीको भनाइ छ । 

काठमाडौंकै ठूलो तरकारी तथा फलफूल बिक्री केन्द्रको रुपमा रहेको कालीमाटी तथा फलफूल बजारमा प्रवक्ता विनय श्रेष्ठमा अनुसार खपत हुने कन्दमूलमध्ये अधिकांश नेपालकै उत्पादन हो । 

पुस महिनामा मात्रै  तरुल, सखरखण्ड र पिँडालु गरी एक हजार ७३६ मेट्रिक टन कालीमाटी आगमन भएको उहाँको भनाइ छ । जसमध्ये तरुल र पिँडालु नेपालकै उत्पादनले धानेको उहाँको भनाइ छ ।

सखरखण्डको आधा हिस्सा भने छिमेकी देश भारतबाट आउनेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा माघे संक्रान्तिमा खपत हुने कन्दमूलमध्ये अधिकांश उत्पादन नेपालकै हो । सखरखण्डको आधा हिस्सा मात्र मात्र छिकेकी देश भारतको भर पर्नुपर्ने अवस्था रहेको छ ।” 

नेपालमा माघे संक्रान्तिमा खपत हुने कन्दमूलमध्ये अधिकांश उत्पादन नेपालकै हो । सखरखण्डको आधा हिस्सा मात्र मात्र छिकेकी देश भारतको भर पर्नुपर्ने अवस्था  छ ।

पुस महिनाभरि कालीमाटी तरकारी बजारमा आएको परिणामअनुसार तरुल, सख्खरखण्ड र पिँडालु एक हजार ७३६ मेट्रिक टन आएको छ । जसमध्ये तरुलको हिस्सा धेरै छ  । कुल एक हजार २५८ मेट्रिक टन तरुल आएको छ । सखरखण्ड २१५ मेट्रिक टन भित्रिएको छ । जसको आधा हिस्सा नेपालकै उत्पादन हो भने बाँकी छिमेकी देश भारतको हो । 

त्यस्तै, पिँडालु २६२ मेट्रिक टन भित्रिएको छ । जसमध्ये सबै नेपालकै उत्पादन रहेको छ । कालीमटीमा आएको तरुलमध्ये सर्लाही, सुनसरी, धादिङ्, झापा, चितवन, नवलपरासी, मकवानपुर र मोरङको छ । 

सोहीअनुसार पिँडालु चितवन, नवलपरासी, काभ्रेबाट आएको छ भने सखरखण्ड धादिङ्, काभ्रे, नुवाकोट, सुनसरी झापा र चितवनबाट आएको छ । अन्य भारतको हो । 

पिँडालु चितवन, नवलपरासी, काभ्रेबाट आएको छ भने सखरखण्ड धादिङ्, काभ्रे, नुवाकोट, सुनसरी झापा र चितवनबाट आएको छ ।

यस्तै तरुलमध्ये तराईको तरुल ७० देखि ८० रुपियाँ, पहाडी तरुल १२० रुपियाँ, घर तरुल ५० रुपियाँ, वन तरुल १८० देखि २०० रुपियाँ, रातो तरुल ९० देखि १०० रुपियाँ, पानी तरुल ५० देखि ६० रुपियाँ र सिमल तरुल ६० देखि ७० रुपियाँ प्रतिकेजी बिक्री भइरहेको श्रेष्ठको भनाइ छ । 

सखरखण्ड ५० देखि ६० रुपियाँ तथा पिँडालु ५० रुपियाँमा बिक्री भइरहेको उहाँको भनाइ छ । 

यो वर्ष पनि गतवर्षजस्तै  बिक्री वितरण भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो वर्ष पनि गतवर्षजस्तै कन्दमूलको बिक्री भइरहेको छ, पहिले काठमाडौंमा बिक्री हुने अधिकांश स्थानहरुमा कालीमाटीमा आएर नै अन्यत्र जाने गरेको थियो । जसबाट उपत्यकामा कति भित्रियो भन्ने थाहा हुन्थ्यो ।” अहिले धेरै स्थानबाट बिक्री हुने भएकाले कति आयो भने यकिन तथ्याङ्क नभए पनि अघिल्लो बर्षकै हाराहारीमा आएको उहाँले बताउनुभयो । 

यस्तै, कन्दमूलसँगै चाकु र तिलबाट बनेका परिकारको पनि बिक्री बढेको छ । कन्दमूल किन्नका लागि ग्राहकको भीड लाग्नेगरेको श्रेष्ठको भनाइ छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।