• २४ वैशाख २०८१, सोमबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

लीलाराज झापाली
बिर्तामोड, वैशाख १४ गते ।
झापाको मेचीनगर नगरपालिका–१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बुद्धशान्ति गाउँपालिका–२ का ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति ८ः३५ बजे मेचीनगर नगरपालिका वडा नं.१२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ  ।

गम्भीर घाइते हुनुभएको कार्कीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बिहीबार नै मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् भने बुधबार मात्रै एकै दिन झापामा सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । केही दिनदेखि झापामा सवारी दुर्घटना बढेको छ ।