• १४ वैशाख २०८१, शुक्रबार

दोस्रो उमा राष्ट्रिय कराँते सुरु

blog

उमा राष्ट्रिय करातेमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : सौजन्य राखेप

काठमाडौं, पुस २० गते । नेपाल गोजुकाई कराँते डो सङ्घको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराँते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ ।

काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जित्नुभएको छ । लुभुकै अनिल बलले रजत र थैवका अन्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कांस्य पदक जित्नुभयो । महिलातर्फ मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण, नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत तथा लुभु डोजोकी आयुशा राई र मानसिंह डोजोकी अनु मोक्तानले कांस्य हात पार्नुभयो । 

मंगलबार कुमुतेतर्फ पुरुषमा चार र महिलामा तीन स्वर्णको छिनोफानो मंगलबार भयो । प्रतियोगितामा पुरुष ३० केजूमूनि तौलसमूहमा मनकामना डोजोका समीर रानामगरले थैव डोजोका अर्जुन सुनारलाई हराउँदै स्वर्ण जित्नुभयो । ३५ केजीमुनि तौलसमूहमा नागादेश डोजोका विप्लव श्रेष्ठ, ४० केजीमुनि तौलसमूहमा ऋतम्भराका राज तामाङ र ४५ केजीमुनि तौलसमूहमा तोयोकानका दिलीप मगरले स्वर्ण जित्नुभयो ।

महिलातर्फ ३० केजीमुनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगर, ३५ केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी अनु मोक्तान र ४० केजीमुनि तौलसमूहमा नोपाल हायासी हा डोजोकी छुनु चाम्लिङ राई पहिलो हुनुभयो । दुई दिने प्रतियोगितामा १८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा देशभरका १९ डोजोबाट दुई सय ५० खेलाडीको सहभागिता रहेको छ ।