• १३ असोज २०८१, आइतबार

गोदावरीदेखि शिवपुरीसम्म साइकल लेन

blog

काठमाडौँ, पुस २० गते  । ललितपुर महानगरपालिकाले अन्तरपालिका सहकार्य गरी गोदावरीदेखि शिवपुरीसम्म साइकल लेन छुट्याउने अवधारणा अगाडि सारेको छ। सो लेनको करिब ४५ किलोमिटर दूरी हुने भनिएको छ। ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिका, काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको अन्तरपालिका सहकार्यमा साइकल लेन छुट्याउने अवधारणा अगाडि सारेको छ। 

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले गोदावरी र बूढानीलकण्ठ नगरपालिकाले साइकल लेनका लागि सकारात्मक रहेको र काठमाडौँ महानगरपालिकाले थप अध्ययन गर्न बाँकी रहेको बताउनुभयो। 

ललितपुर महानगरपालिका आफैँले महानगर क्षेत्रभित्र लगनखेल, जावलाखेल, पुल्चोक, ज्वागललगायतका क्षेत्रमा गरी ३२ किलोमिटर सडकमा साइकल लेन छुट्याइसकेको छ।