ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, फागुन २१ गते । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ताप्लेजुङमा अभिनन्दन गरिएको छ । आँखा शिविर सञ्चालनका व्रmममा गृह जिल्ला आउनुभएका डा. रुइतलाई नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाले नागरिक अभिनन्दन गरेको हो ।
आँखाको हेरचाह तथा उपचार र मानवीय सेवामा विशेष योगदान पु-याएकोमा सम्मान गर्दै डा. रुइतलाई नेत्रज्योति सङ्घले अभिनन्दन गरेको नेत्रज्योति सङ्घका जिल्ला सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिकाले पनि डा. रुइतलाई सम्मान गरेको छ ।
फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले ताप्लेजुङको दुर्गम भेगमा जन्मिएर आँखा स्वास्थ्यमा उहाँले गरेको योगदानलाई भुल्न नहुने बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखाले सदरमुकाम फुङ्लिङमा सञ्चालित मोतिबिन्दुका रोगीको शल्यव्रिmयासहित तीन दिने निःशुल्क आँखा शिविरमा सहभागी हुन डा. रुइत आउनुभएको थियो । शिविरमा १५४ जना मोतिबिन्दुका रोगीको आँखा शल्यव्रिmया गरिएको छ । डा. रुइत यहाँको फक्ताङ्लुङ–७, ओलाङ्चुङगोलामा जन्मनुभएको हो ।