• ५ माघ २०८१, शनिबार

मधेश प्रदेश सभा बैठक

जनमतको अवरोधपछि स्थगित

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, फागुन १६ गते । मधेश प्रदेश सभाको मङ्गलबार दोस्रो अधिवेशनको १३ औँ बैठक बसेको छ । सभाको बैठक सुरु भएलगत्तै जनमत पार्टीका सभा सदस्यहरूले नाराबाजीसहित रोस्ट्रम घेराउ गरेपछि सभामुख रामचन्द्र मण्डलले तत्काल १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि स्थगन गरिएको बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको सूचना जारी गरियो । सभाको बैठक जम्मा आठ मिनेट मात्र सञ्चालन भएको थियो । बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहले प्रदेश बाल अधिकार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । 

सभामुखले बैठकको कारबाहीअगाडि बढाउन लाग्दा जनमत पार्टीका सांसदहरूले विरोध गर्न सुरु गर्नुभएको थियो । उहाँहरूको माग सरकारका मुख्यमन्त्रीले सभाको अघिल्लो बैठकमा सम्बोधन गरिसकेको सभामुख मण्डलले जनाउँदा पनि जनमतका सांसदहरूले मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा माग गर्दै रोस्ट्रम घेराउ गर्न पुगेका थिए । 

गत माघ ८ गते सप्तरीको राजविराजस्थित कृषि विश्वविद्यालय भवनको शिलान्यास कार्यव्रmममा विरोधमा उत्रिएका जनमत पार्टीका संसदीय दलका नेता तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री एवं सहकुलपति महेशप्रसाद यादव र प्रदेश सांसद सतिशकुमार सिंहलगायत नेता कार्यकर्ता प्रहरीको लाठी लागेर घाइते हुनुभएको थियो । मुख्यममन्त्रीले उक्त घटनाप्रति सभाको अघिल्लो बैठकमा अनभिज्ञता प्रकट गर्नुभएको थियो । घटना सम्बन्धमा सभाको अघिल्लो १२ औँ बैठकमा घटना जाँचबुझ गर्न सभामुखको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने सहमति भएको भन्दै सोको कार्यान्वयन अवस्थाबारे सांसद चन्दन सिंहले जानकारी माग्नुभयो । मागको सम्बोधन भएपछि मात्र संसदीय कारबाहीअगाडि बढ्न दिने जनमतका सांसदहरूको अडान रहेको छ ।