• ६ जेठ २०८१, आइतबार

कञ्चनपुरलाई नेत्रहीन क्रिकेट उपाधि

blog

नेत्रहीन क्रिकेट उपाधिसहित कञ्चनपुरका खेलाडी ।

गोविन्द शर्मा

बाँके, फागुन ८ गते । बाँकेको कोहलपुरमा मङ्गलबार सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कञ्चनपुरले जितेको छ । कोहलपुरमा मङ्गलबार सम्पन्न फाइनल खेलमा कञ्चनपुरले बर्दियालाई ८० रनले हराउँदै उपाधि जितेको हो । 

टस हारेर ब्याटिङमा उत्रिएको कञ्चनपुरले २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १७ रन बनाएको थियो । १०६ रन बनाउँदै कञ्चनपुरका दुर्गा दत्त पौडेल प्लेयर अफ दि म्याच हुनुभयो । दुई सय १८ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको बर्दिया एक सय ३७ रनमा समेटिएको थियो । 

नेत्रहीन क्रिकेट प्रतियोगिता–२०२४ को प्लेयर अफ दि सिरिज तीन सय १२ रन तथा चार विकेट लिन सफल पदमबहादुर बडैला हुनुभएको छ । विजेतालाई कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लालबहादुर राना लगायतले पुरस्कार प्रदान गर्नुभयो ।