• १३ असोज २०८१, आइतबार

भट्टराई स्मृति करातेमा पुलिसलाई १० स्वर्ण

blog

करातेमा एप्ँीध् विजेता खेलाडी सामूहिक तस्बिर खिचाउँदै ।

काठमाडौँ, माघ २० गते । नेपाल पुलिस क्लबले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा सर्वाधिक १० स्वर्ण जितेको छ । सातदोबाटोमा स्थित कराते हलमा शनिबार सम्पन्न खेलका पुलिसका विप्लवलाल श्रेष्ठले कुमुते पुरुष ८४ केजी माथिको फाइनलमा सुदूरपश्चिमका लोकश कार्कीलाई १२– ४ ले हराउँदै स्वर्ण जितेपछि पुलिसको स्वर्ण १० पुगेको हो । 

यस्तै शनिबार कुमुते महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले स्वर्ण जित्नुभयो । फाइनलमा उहाँले सोनु श्रेष्ठलाई हराउनुभयो । कुमुते पुरुष ७५ केजीमा सुदूरपश्चिम प्रदेशका कमल ओलीले स्वर्ण जित्नुभयो ।  उहाँले बागमती प्रदेशका साहिल नेपालीलाई ५–४ ले हराउनुभयो । 


यस्तै १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत विजेता पुलिसकी एरिका गुरुङले कुमुते महिला ६८ केजीमाथि तौलमा एपिएफकी विनिता श्रेष्ठलाई‌ ७–१ ले हराउँदै स्वर्ण जित्नुभयो । करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिता जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले आयोजना गरेको हो । माघ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा एकल कातामा सात प्रदेश र तीन विभागका १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ केजीमाथि, काता र टिम काता तथा महिलातर्फ ४५, ५०,५५, ६१, ६८, ६८ केजीमाथि, काता र टिम काता स्पर्धा समावेश गरिएको थियो । प्रतियोगितामा प्रत्येक टोलीबाट २१ खेलाडी, दुई प्रशिक्षक र एक व्यवस्थापक सहित दुई सय सय ४० खेलाडीको प्रतक्ष्य सहभागिता रहेको थियो ।

प्रतियोगिताको च्याम्पियन टोलीलाई ट्रफीसहित एक लाख र उपविजेतालाई ५० हजार रुपियाँ पुरस्का प्रदान गरियो । विजेतालाई नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालगायतले पुरस्कार प्रदान गर्नुभयो ।