अमरराज नहर्की
तनहुँ, पुस २० गते । राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ आउनुभएको छ । भानु नगरपालिका–७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउनुभएको हो ।
राष्ट्रपति पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम लगायतले स्वागत गर्नुभएको छ ।
राष्ट्रपति बनेपछि पौडेलको दोस्रो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो ।