• १३ मंसिर २०८१, बिहिबार

चाडवाडमा मात्र प्रहरीले नियन्त्रणमा लिन्छ घरेलु मदिरा

blog

बिभिन्न होटल तथा घरवाट जफत गरिएको घरेलु मदिरा नष्ट गरिदै । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ९ गते । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले चाडवाडका बेला घरेलु मदिरा नियन्त्रण अभियान थाल्ने गरेका छन् । सरकारले कानुनी रुपमा अवैध मान्दैआएको घरेलु कच्चा पदार्थबाट गाउँ तथा वजारमा उत्पादन हुने मदिरालाई नियन्त्रण गर्न प्रहरीले चाडपर्वमा अभियान चलाउने गरेको हो ।   

दसैं आसपासमा कालीकोटका बिभिन्न गाउँबस्तीमा प्रहरीले हजारौं लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । बिषेशगरी सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकामा घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

प्रहरीका अनुसार दुवै पालिकाका बिभिन्न वडाका वस्ती एक हजार लिटरभन्दा वढी मदिरा नष्ट गरेको जनाएको छ । अन्य समयमा आफै पनि प्रयोग गर्दैआउने भए पनि चाडपर्वमा उनै प्रहरी घरमा प्रवेश गरेर घरेलु मदिरा र बनाउन तयार पारिएको कच्चा पदार्थ जफत गर्नेगरेका छन् ।

मान्ममा घरेलु मदिरा बिmक्री गरेर दैनिकी चलाउँदै आउनुभएकी एक एकल महिलाले आफ्नो रोजीरोटी खोसिएको बताउनुभयो । अन्य समयमा प्रहरी नै आएर मदिरा लिएर जाने भए पनि चाडपर्वमा देखाउनलाई मदिरा नियन्त्रण गर्नेगरेको उहाँको भनाइ छ ।

घरेलु मदिरा बेचविखनमा सरकारले मान्यता दिनुपर्ने उहाँको माग छ । “हाम्रो रोजगारी छैन । कोही साहरा छैनन । यसैवाट आफुलाई खानाको जोहो गर्दै आएका बेला पटक पटक प्रहरीले मदिरा जफत गरी नष्ट गर्नेगरेको छ, यसले हामीलाई मार परेको छ” उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोसीले सरकारले नै अबैध मानेकाले यसलाई आफुहरुले जफत गरेर नष्ट गर्नेगरेको बताउनुभयो ।