• २१ असार २०८१, शुक्रबार

जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुल बन्दै

blog

पुल निर्माणस्थलको निरीक्षण गर्दै प्रतिनिधि सभा सदस्य सूर्य थापासहितको टोली । तस्बिर : पदमबहादुर केसी

सलिम मियाँ

विजुवार, असोज १९ गते । प्युठानमा जिल्लाकै ‘अग्लो र लामो’ पुल निर्माणको तयारी थालिएको छ । संघीय सरकारको लगानीमा गौमुखी गाउँपालिका –३, अर्खाको लामडाँडादेखि रजवाराको देउराली जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरिएको हो ।

करिब ३ सय ६५ मिटर लम्बाइ र १८० मिटर उचाइमा निर्माण हुने पुल स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको हो ।  गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले यो पुलको डिटेल सर्भे गरेर अर्थ मन्त्रालयमा पठाइएको बताउनुभयो ।

फाईल स्वीकृत भएर आएपछि ३ करोड रुपियाँको ठेक्का लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पुल निर्माण भए अहिलेसम्म जिल्लामा बनेका भन्दा यो पुल अग्लो र लामो हुन्छ ।’ उक्त पुल आवतजावतका साथै पर्यटन बिकासका दृष्टिकोणले समेत महत्वपूर्ण हुने स्थानीयवासीको भनाइ छ ।

यसैवीच, प्रतिनिधिसभा सदस्य सूर्य थापासहित गौमुखी पालिका अध्यक्ष गिरी, उपाध्यक्ष महाबीर राना, नेकपा (एमाले) जिल्ला अध्यक्ष बिजयबिराज बिष्ट, राजनीतिक दल र प्राबिधिकको टोलीले आज पुल निर्माणस्थलको निरीक्षण गर्नुभयो ।