• १३ मंसिर २०८१, बिहिबार

निःशुल्क मुटुरोग परीक्षणमा सात सयजना लाभान्वित

blog

काठमाडौं, असोज १९ गते । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाको वडा नं.१ बनियाटारस्थित इन्द्रायणी मा.वि.को प्राङ्गणमा निःशुल्क मुटु परीक्षण शिविर  आयोजना गरियो । 

शिविरमा ७३० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा काठमाडौं महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर अस्पतालका वरिष्ठ डा.अनिल भट्टराईलगायतका विशेषज्ञ डाक्टरहरूले  मुटुको निःशुल्क परीक्षण गर्नुभएको थियो । 

परीक्षणका क्रममा पाँचजना व्यक्तिको मुटुमा प्वाल र भल्भमा समस्या देखिएकोमा आयोजकको सहकार्यमा मनमोहन कार्डियोभास्कुलर अस्पतालमा निःशुल्करूपमा उपचार गरिने वरिष्ठ डा. भट्टराईले आश्वासन दिनुभयो ।


शिविरमा मुुटु, रक्तचाप, मुटुको धड्कन, रक्त परीक्षण, इसीजी, इकोलगायत निःशुल्करूपमा औषधी वितरणसमेत गरिएको थियो ।

‘स्वास्थ्य परीक्षण गरौं, स्वस्थ जीवन बाँचौं’ भत्रे अभिप्रायका साथ निःशुल्क मुटु रोग जाँच शिविर आयोजना गरिएको जानकारी आयोजकले दिएका छन् । रेमिट टु नेपाल र सेभ द हर्टको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । 

रेमिट टु नेपालका महाप्रबन्धक सन्तोष भेटवाल, वडाका वडा अध्यक्ष महानन्द ढकाल र विद्यालयका प्रधानाध्यापक कुमार पाठकबाट शिविरको व्यवस्थापन महत्वपूर्ण सहयोग पुगेको थियो ।