• १२ मंसिर २०८१, बुधबार

धानबाली जोगाउन लाखौं पङ्क्षी मारियो

blog

तान्जानिया, असोज ११ गते । तान्जानियाले धानखेत नष्ट हुन नदिन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी लाखौँ क्वेलिया (रातो चुच्चो भएको भँगेराजस्तै देखिने ठूलो समूहमा घुम्ने पङ्क्षी) चरा मारेको तान्जानियाका बोटबिरुवा र कीटनाशक औषधि निगरानी निकायले बुधबार जनाएको छ ।

मरुभूमिको सलह नियन्त्रणको लागि पनि जिम्मेवार तान्जानिया बोटविरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण [टीपीएचपीए] ले गत हप्ता लगभग एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको थियो ।

“हामीले ५० लाख विनाशकारी चराको झुण्ड मारेका छौं र अब हामी अन्य क्षेत्रको निगरानी गरिरहेका छौं,” टीपीएचपीएका कार्यवाहक महानिर्देशक जोसेफ नन्डुन्गुरुले एएफपीसँग भन्नुभयो । ठूला बगालमा ओहोरदोहोर गर्ने स–साना रातो चुच्चो भएका चराहरू बाली नाश गर्नका लागि कुख्यात छन् र सेप्टेम्बर र अक्टोबरमा सुख्खा यामको सुरुआतमा यिनीहरूको विगविगी हुने गर्छ ।

उत्तरी तान्जानियामा धानखेतमा क्षति पुर्याउनुअघि चार दिनसम्म हवाई आक्रमण गरी चराको झुण्डलाई निशाना बनाइएको एनडुनगुरुले बताउनुभयो । अहिले अन्य क्षेत्रमा हवाई निगरानी भइरहेको उहाँले बताउनुभयो ।

टिपिएचपीएका अनुसार यी चराको समूहले एकै दिनमा ५० टनभन्दा बढी अन्नबाली नष्ट गर्न सक्छ । क्वेलिया चराहरू संसारमा सबैभन्दा धेरै प्रजातिका चराहरू मानिन्छन्, अफ्रिकाभरका सरकारहरूले विगतमा तिनीहरूलाई नियन्त्रण गर्न हवाई र जमीनी प्रयासहरू सुरु गरेका थिए ।  एएफपी