• १३ मंसिर २०८१, बिहिबार

जुडोको टिम इभेन्टमा नेपालको चुनौती समाप्त

blog

जुडोमा प्रतिस्पर्धा गर्दै नेपालका खेलाडी (निलो ) ।

हाङझाउ, असोज १० गते । चीनमा जारी एसियाड अन्तर्गत जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मङ्गलवार नै सकिएको थियो ।

जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो । टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जङ्गबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित हुनुभयो ।

यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग पराजित हुनुभयो । मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपाचे फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पराजित भयो ।

नेपाल महिला ह्यान्डबलमा जापानको सिकार 

एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो ।

पहिलो हाफमा ६ गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसँग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

महिला बास्केटबलमा लगातार दोस्रो हार

एसियाड अन्तर्गत महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो हार खेपेको छ । समूह ‘बी’ को लिग खेलमा नेपाल बुधबार कजाकस्थानसँग १७–१० ले हा¥यो ।

कजाकस्थानविरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान चार चार अङ्क जोड्नुभयो । नेपालको स्कोरबोर्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान एक एक अङ्क थप्नुभयो । 

समूह चरणको पहिलो खेलमा नेपाल जापानसँग २२–४ ले पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेर्ई गर्नेछ ।