• १३ मंसिर २०८१, बिहिबार

तेक्वान्दोमा रोकिएन हार

blog

एीसयाड तेक्वान्दोमा प्रतिस्पर्धा गर्दै नेपालकी खेलाडी ।

हाङझाउ, असोज १० गते । चीनमा जारी एसियाड अन्तर्गत तेक्वान्दोमा कमजोर प्रदर्शन गरिरहेको नेपालको हारको क्रम रोकिएको छैन । 

लिनआा स्पोर्ट्स कल्चर एण्ड एग्जीबिसन सेन्टनमा बुधबार नेपालका तीन खेलाडीले हार खेप्नुभयो पुरुष ८० केजीमुनि तौलमा अभिषेक बरालको यात्रा अन्तिम ३२ रोकियो । 

उहाँ अफगानिस्तानका ओमिद साहकसँग २–० ले पराजित हुनुभयो । पुरुष ६८ केजीमुनि वीरबहादुर महरा चाइनिज ताइपेइका यी जुयी चियुसँग २–० पराजित हुनुभयो । यस्तै महिला ६७ केजी मुनि इन्द्रा बस्नेतले इरानमी भाकिली मिलिका मिरहुसेनीसँग २–० को हार खेप्नुभयो । 

नेपालले पदकको आशा गरेको तेक्वान्दोमा यस पटक खासै लय समाउन सकेन । तेक्वान्दोमा अब नेपालका ज्याकी यादवले बिहीबार ८० केजी तौलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।