• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड बेइजिङमा

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल । फाइल तस्विर ।

बेइजिङ, असोज ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान बेइजिङ आइपुग्नुभएको छ । चीनका उपविदेश मन्त्री सन वेइतङ लगाायत चिनियाँ अधिकारीले उहाँलाई बेइजिङ राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएकाे हाे ।

चीनको साताव्यापी भ्रमणमा रहनुभएका प्रम प्रचण्ड चीनको जचेङ प्रान्तको हाङजौबाट विमानमार्फत यहाँ आइपुग्नुभएकाे हो ।

कार्यक्रमको सूची अनुसार प्रम प्रचण्डले आज नेपाल चीन व्यवसाय सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ भने पेइचिङस्थित नेपाली दूतावासले उहाको स्वागतमा गर्ने कार्यक्रममा साँझ सरिक हुनुहुनेछ ।

Author
नन्दलाल तिवारी

उहाँ दि राइजिङ नेपाल डेली डटकमका संयोजक हुनुहुन्छ ।