• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ पुग्नुभयो

blog

छोङ्छिङ, असोज ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार बिहान छोङ्छिङ आइपुग्नुभएको छ । साताव्यापी चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड राजधानी बेइजिङदेखि चाइना एअरको विमानमार्फत छोङ्छिङ आइपुग्नुभएको हो ।

उहाँलाई चिनियाँ अधिकारीद्वारा  विमानस्थलमा स्वागत गरेका थिए । कार्यक्रम अनुसार आजै उहाँले छोङ्छिङ कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुहुनेछ। चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङ्छिङ नगरका पार्टी सचिव, युआन चिउचनले प्रधानमन्त्री प्रचण्डको स्वागतार्थ आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ।

Author
नन्दलाल तिवारी

उहाँ दि राइजिङ नेपाल डेली डटकमका संयोजक हुनुहुन्छ ।