लेखनाथ समाचारदाता
लेखनाथ, भदौ २१ गते । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले विभिन्न खालका हिंसामा परेका पीडितको संरक्षण, न्याय र पुनस्र्थापना सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
मानव बेचबिखनविरुद्धको १९ औँ राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यव्रmममा उहाँले प्रदेशका सबै जिल्लामा पुनस्र्थापना केन्द्र बन्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले पोखरा महानगरपालिका–३३ मा स्थायी र अरू १० जिल्लामा अस्थायी पुनस्र्थापना केन्द्र बनाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिंसापीडित नागरिकलाई संरक्षण, न्यायसँगै पूर्ववत् जीवनमा फर्काउन विभिन्न कार्यका लागि हामी लागेका छौँ । कास्कीमा स्थायी पुनस्र्थापना केन्द्र बनिरहेको छ । अरू जिल्लामा पनि अस्थायी प्रकृतिका केन्द्र बनाउने योजना छ ।”
गरिबी र बेरोजगारीले मानव बेचबिखनका घटना बढिरहेकाले सिप सिकेर आफैँ आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एकातिर महिला सशक्तीकरण जरुरी छ भने अर्कातिर महिला हिंसाका घटना न्यूनीकरण गर्न स्कुल तहबाटै शिक्षा दिइनु आवश्यक छ ।”