• २८ वैशाख २०८१, शुक्रबार

धनकुटाका १७ वटा सहकारी खारेज

blog

कबिराज घिमिरे 

हिले, भदौ १५ गते । धनकुटा नगरपालिकाले सहकारीको प्रक्रिया पूरा नगरेका १७ सहकारी खारेज गरेको छ । जसमा सबैभन्दा बढी कृषि सहकारी परेका छन् । खारेज हुनेमा दुग्ध सङ्कलन र विद्युत् सहकारी एक एक वटा छन् । 

धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ अन्तर्गत वर्षेनी आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने, तीन महिनाभित्र लेखा परीक्षण गर्नुपर्ने र विवरण कार्यलयमा बुझाउनुपर्ने भए पनि ४ वर्षदेखि यी प्रक्रिया पूरा नगरेको तथा पटकपटक सूचना गर्दासमेत सम्पर्कमा नआएकाले कानुन बमोजिम खारेज गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिनुभयो । 

अन्य सहकारीसमेत समस्याग्रस्त रहेकाले त्यस्ता सहकारीलाई समेत सुधारका लागि एक महिनाको अवधि दिएको र सुधार नभए अन्य सहकारीसमेत खारेज गरिने उहाँले बताउनुभयो ।