• २० वैशाख २०८१, बिहिबार

प्राचीन र पृथक् : राक्षस संस्कृति

blog

मुख्यतयाः राक्षसहरू आसुरी सम्प्रदायप्रधान मानवेतर प्राणी हुन् । हिन्दु धर्ममा राक्षसको अस्तित्वका थुप्रै प्रसङ्ग पाइन्छन् । त्यस्तै इसाई, इस्लाम र यहुदी धर्ममा राक्षस (सैतान) पहिले ईश्वरको एउटा राम्रो साथी भएको, पछि उसले ईश्वरसँग बेइमानी गरेको र कालान्तरमा बदलास्वरूप उसलाई स्वर्गबाट निकाली दिएको उल्लेख पाइन्छ । सबैले राक्षसलाई पृथ्वीमा मानवहरूलाई पापका लागि उक्साउने र उत्साहित गर्ने नरकको राजा हो भनेर बुझ्छन् । राक्षस शब्द दुष्ट, भूतप्रेत र दुष्ट देवताहरूका लागि पनि प्रयुक्त हुन्छ । राक्षसी धर्ममा राक्षसको पूजा गरिन्छ । राक्षस भन्नाले भयङ्कर डर लाग्दो र व्रmुर व्यक्ति भन्ने बुझिन्छ । पौराणिक कथाहरूमा राक्षसहरूको बृहत् चर्चा गरिए पनि यसलाई विज्ञानले साबित गरेको छैन ।

हिन्दु धार्मिक ग्रन्थहरू जस्तै महाभारत, रामायण आदि ग्रन्थमा राक्षसहरूको वर्णन गरेको पाइन्छ । यी ग्रन्थहरूमा राक्षसलाई असुर अथवा दैत्य भनेर पनि वर्णन गरेको पाइन्छ । हिन्दु धर्ममा राक्षस (असुर) र देवता (सुर) कश्यप ऋषिका सन्तान भनेर भनिएको छ । राक्षसहरू पनि देवता जस्तै आकाशमा उड्ने, पानीभित्र लुकेर बस्न सक्ने, इच्छित रूप धारण गर्न सक्ने, देवताके जस्तै शक्ति भएका थिए । त्यसैले राक्षस र देवता एकै साखा सन्तान र समान शक्तिका भए पनि यिनीहरूमा गुण, दोष र व्यवहारमा मात्र ठुलो फरक थियो । 

हिन्दु धर्मलगायत सबै धर्मावलम्बीहरूले फरक फरक नाम दिए पनि राक्षसलाई नराम्रो दृष्टिले नै हेरिन्छ । राक्षसी धर्ममा राक्षसको पूजा गर्नेहरूले पनि राक्षसलाई खुसी पारेर फल प्राप्त गर्नका लागि नभएर राक्षसबाट हुने बाह्य आव्रmमण वा प्रकोपबाट बच्नका लागि पूजा गरिएको पाइन्छ । हुन त राक्षस र देवता कुनै अलग संसारका प्राणी होइनन् । राम्रो व्यवहार नगर्ने, समाजमा उच्छृङ्खल भई उत्पात र आतङ्क मच्याउने, पाप कर्म गर्ने, धार्मिक कर्म गरे पनि स्वार्थका लागि गर्ने, मांसमदिरा जस्ता असन्तुलित भोजन सेवन गर्ने आदि व्यवहार राक्षस र राक्षसी गुण भएको मान्छेमा पाइन्छन् भने देवतामा यसका विपरीत गुणहरू पाइन्छन् । 

प्राचीन हिन्दु संस्कृतिका तीन अवयव छन् आर्य, वानर र राक्षस संस्कृति । आर्य अन्तर्गत देव संंस्कृतिको प्रादूर्भाव हिमालय पर्वतदेखि भएको पाइन्छ । वानर संस्कृति भने तत्कालीन किष्किन्धा नगरमा थियो जुन आज भारतको महाराष्ट्र तथा आन्ध्र प्रदेशका केही भागमा पाइन्छ । यो एक विकसित अथवा सुसंस्कृत क्षेत्र थियो । वानर संस्कृतिको गरिमा यस कारण बढेको पाइन्छ किनभने आर्य संस्कृतिको प्रतिमान स्वरूप रामले आफ्नो सहायताका लागि वानरराज सुग्रीवसँग मित्रता गर्नुपरेको थियो । त्यसैले रामायणको युद्धकाण्डमा उल्लेख गरिएको छ ‘आत्मानं मानुषं मन्यं रामं दशरथात्मजं ।’ तर राक्षस संस्कृति उपर्युक्त दुवै संस्कृतिभन्दा पृथक् पाइन्छ । 

आर्यसंस्कृतिको सुरुवातभन्दा पहिले नै यो संस्कृति भारतमा मात्र होइन लङ्का, सुमात्रा, जावा, बार्नियो, अस्टे«लिया, दक्षिण अफ्रिकासम्म फैलिएको थियो । यी सबै क्षेत्रमा बस्ने राक्षस संस्कृतिका अनुयायी थिए । यस संस्कृतिको उपनिवेश भारतको दण्डकारण्य तथा नासिकमा पनि थियो । रावण यस संस्कृतिका उन्नायक एवं यी सबै क्षेत्रको अधिपति थियो । दानवी एवं आसुरी संस्कृति राक्षस संस्कृतिको पर्यायवाची थियो । त्यतिबेला रावणको दबाब र उद्दण्डताको कारण आर्य संस्कृति आक्रान्त थियो । 

राक्षस संस्कृतिको उद्भवको प्रसङ्ग वाल्मीकि रामायणको उत्तर काण्ड एवम् अन्य पुराणहरूमा पनि उल्लेख भएको पाइन्छ । विष्णु पुराण अनुसार प्रजापतिले जब क्षुधार्तको सृष्टि गरे तब ऊ आफ्नो स्वामीलाई खान अगाडि स-यो । विचरा प्रजापति व्यग्र भए तब उनीहरूमध्येका कसैले भन्यो, ‘यस्तो नगर यिनीहरूको रक्षा गर’ उनीहरू राक्षस कहिए, जसले यिनलाई ‘पक्रेर खाऊ’ भने उनीहरू यक्ष कहलाए । यस तरह ‘वयं यक्षामः’ को आधारमा आर्य संस्कृति एवं ‘वयं रक्षामः’ को उच्चारणबाट राक्षस संस्कृतिको नामकरण भएको पाइन्छ । यस संस्कृतिको व्युत्पत्ति अर्थ हुन्छ । ‘यक्षते पूज्यते इति यक्षः’ यो पूजा तथा भोगमा आधारित छ । 

राक्षस संस्कृतिमा दक्षिणका सोम तथा चन्द्रवंशीय तथा उत्तराखण्डका रवि तथा सूर्यवंशीय संस्कृतिको योग पनि पाइन्छ । राक्षस शब्दमा दुई व्यञ्जन छन् ‘रा’ र ‘क्षस’ । ‘क्षस्’ सोमवर्ती वा यक्षी संस्कृतिको अंशविशेष हो । ‘रा’ मा रवि वा सूर्य संस्कृतिको प्रज्ज्वलता पाइन्छ । परम्परागत रूपामा यी दुवै संस्कृतिमा हार्दिक सम्बन्ध रहेको पाइन्छ । यी दुवैमा भिन्नता मूल रूपमा विचार विकासका कारण भएको पाइन्छ । आर्यकलोम्दूत कश्यपका दनु, दिती अथवा अदिती नामका तीन पत्नी थिए । दनुबाट दनुज, दितीबाट दैत्य र अदितीबाट आदित्य देव उत्पत्ति भए । रावणका पितामह पुलस्त्व आर्यकूलका थिए । पुलस्त्वका पुत्र विश्रवाले राक्षस कन्या कैकसी वा कंचकेशीलाई विवाह गरेका थिए । कैकसीबाट रावण, कुम्भकर्ण एवं शूपर्णखा तथा कंचकेसीबाट विभीषण, त्रिजटा नामका सन्तान जन्मिएका थिए । विश्रवाका प्रथम पुत्र विश्रवण कुवेर थिए । कुवेर यक्ष संस्कृतिका नियामक रूपमा लङ्काका अधिपति बने । तर पनि राक्षस र आर्य संस्कृतिका बिचमा कुनै पनि विभाजनका आधार पाइन्न । राक्षस संस्कृतिको नै आसुरी संस्कृति नामकरण गरिएको पाइन्छ । असुर शब्द ‘अस्’ धातुबाट व्युत्पन्न भएको हो । कौत्सुक्य निघण्टुमा असुरलाई मेघको द्योतकका रूपमा उल्लेख गरिएको छ । ‘अस्’ को अर्थ प्राण हुन्छ । जसले उत्पत्ति तथा अवन्नति दुवैको बोध गराउँछ । प्राणीहरूको प्राणशक्तिबाट अनुप्राणित गर्ने प्रत्येक औषधीलाई आसुरी पनि कहिएको छ । अबेस्ता भाषामा भने यसलाई ‘अहुर’ भनिएको छ । 

प्रारम्भमा वेदका ऋचाहरू श्रुतिपरम्पराका रूपमा थिए । रावणले उसको नयाँ शिरबाट त्यसलाई सम्पादन गर्ने र तिनीहरूको व्याख्या गर्ने गरेको पाइन्छ । ती व्याख्याहरू अन्तर्गत उसले लोकाचारको पनि सन्निहित गरेको पाइन्छ । यसै आधारमा आफूलाई श्रेष्ठ सम्झने आर्य संस्कृतिको रावणद्वारा प्रतिपादित व्यावहारिक आचार पद्धतिको अनुगामीहरूले आफ्नो खेमाबाट बहिष्कृत मानेर उसलाई अनार्य वा व्रात्यको संज्ञा दिए तर आर्य संस्कृतिका वहिष्कृत हुनेहरूमा राक्षस मात्र थिएनन् । वानर तथा ऋक्ष पनि थिए । आर्य संस्कृतिका पाणिनिपुरुष रामले वानर तथ ऋक्ष जातिसँग मित्रता स्थापना गरी राक्षससँग टक्कर लिएको पाइन्छ । यसबाट के निष्कर्ष मिल्छ भने आर्य तथा राक्षस संस्कृतिका बिचमा कुनै जातिगत विद्वेष थिएन । वैचारिक वैमनश्यताभने अवश्य नै थियो । यसै कारण राक्षसको जीवन व्यवहारको नाम नै ‘वामाचार’ रहन गएको हो । त्यसपछि उनीहरूलाई हीन सम्झन थालियो । तापनि रावण लिङ्गपूजकका रूपमा रुद्रको उपासक नै थियो । त्यस समयमा सृष्टि विकासको प्रव्रिmया आरम्भावस्थामा थियो र प्रभृत मात्रामा प्रजनन अपेक्षित थियो । त्यसैले राक्षस संस्कृतिको संरक्षणकर्ता रावण जहाँ गए पनि ऊ आफ्नो एउटा हातमा सुवर्णनिर्मित लिङ्ग प्रतिमा लिइराख्दथ्यो ।

रुद्रका प्रतीकका रूपमा त्यस लिङ्गको ऊ पूजा अर्चना गर्दथ्यो । यस उपासनालाई ताìिवक रूपमा छादोग्य वा बृहदारण्यकमा व्याख्या गरिएको छ । जसलाई रूपकका रूपबाट स्पष्ट पारिएको पाइन्छ । भौतिक प्राणीहरूमा जीवतन्त्र तथा योनीको प्रमुखता हुन्छ । यसको चञ्चलताबाट सबै व्यथित रहन्छन् । यसको निर्वाध प्रयोगले जीवनको अधोमुख गर्दछ । अतिसय 

भोगबाट जीवनको परितृप्त गरी शिथिल बनाउने प्रव्रिmया नै वामाचार हो । 

कृष्ण यजुर्वेदमा सङ्ग्रहित रावणका अधिकांश वेदोक्ति आज आर्यका लागि मान्य छन् । उसले राक्षस वंशमा जन्मने विश्वकर्मालाई देवत्व उपनामबाट विभूषित गरेको छ । त्यस्तै रावणले विश्रवणलाई लङ्काको राज्य दिएर दिक्पाल बनाएको थियो । त्यस्तै आराध्यदेव रुद्रलाई शिवका रूपमा उपासना गर्ने पद्धति पनि छाडेको थिएन । तर पनि राक्षस संस्कृति वा त्यसको नियामक रावणसँग सहदृष्टि राख्नेप्रति भिन्न दृष्टिकोणले हेर्ने गरिएको पाइन्छ । राक्षस संस्कृतिमा मल्लयुद्ध विद्यालाई ज्यादै जोड दिइएको पाइन्छ । त्यसैले मल्ल युद्ध विद्यामा पारगङ्त हुनका लागि त्यतिबेला ठाउँ ठाउँमा त्यसका लागि अखडा बनाइएका थिए । भनिन्छ कि राक्षसेन्द्र अन्य राजाहरूका तरह द्युतव्रmीडाका व्यसनी थिएनन् । उनीहरू बुद्धिविलासका लागि शतरञ्ज वा चेस खेल्ने र खेलाउने गर्दथे । जबकि सतरञ्जको सुरुवात् गर्ने प्रमुख व्यक्ति नै रावणकी पत्नी मन्दोदरी थिइन् । 

राक्षस संस्कृति चित्राङ्कन र चित्रणमा पनि निपुण रहेको पाइन्छ । रावणका साथमा विद्युज्जिह नामको राक्षस कलाकार पनि थियो । उसको कलाबाट त्यतिबेला सबै प्रभावित थिए । रावणले उसकै मद्दतले रामको मृतरूपका एउटा बनावटी शिर निर्माण गरेर सीतालाई आफूतिर आकर्षण गर्ने प्रयत्न गरेको थियो । विद्युज्जिह जब मृतक रामको शिरको सटिक अनुकृति बनाएर रावणको साथ अशोक वाटिकामा गयो, तब सीता त्यो बनावटी शिर नै रामको वास्तविक शिर सम्झेर विलाप गर्न लागिन् । त्यसको नयन, मुख, वर्ण, केश आदि सबै अवयव रामका जस्तै थिए । त्यस्तै, राक्षसहरू युद्धविज्ञानमा पनि निपुर्ण थिए । रामको सैन्यशक्तिबाट जब रावणलाई चोट पुग्यो, तब उसको बज्रद्रष्ट नामको महारथीले रावणलाई आफूले रामकै सेनासमान एउट राक्षस सेना निर्माण गरी रामकै सेनाबिच घुसी भरतले पठाएको भनी उनीहरूको रहस्य बुझेर आकाशमार्ग र धरतीबाट रामका सेनाको विनाश गर्ने रहस्य खोलिदिएको थियो । त्यस्तै बज्रदंष्टले रावणलाई गणशः युद्धकलाका बारेमा पनि वर्णन गरेको थियो । गणशः समूहगत रूपमा आकाशमा रोकिएर युद्ध गर्ने कला हो, जसमा राक्षसहरू निपुण थिए । 

राक्षसहरू पाणिलाघव युद्ध विज्ञानमा पनि कुशल थिए । उनीहरू आफ्ना सारथिको मृत्यु भएमा वा मारिएमा स्वयं वाण र रथ एकैसाथ चलाउन सक्थे । यसकला नै पाणिलाघब हो । यस विद्यामा इन्द्रजित निपुण थियो । आर्य संस्कृतिमा जस्तै राक्षस संस्कृतिमा पनि विकासमान स्थिति एवं उदात्त भावना छ । त्यसैले राक्षस संस्कृतिलाई अनार्य भनेर तल्लो स्तरको उपमा दिन किमार्थ उचित ठहरिन सक्दैन । जबकि रावणको रगतमा आर्य, ब्रात्य तथा दैत्यको मिश्रण थियो । यसैले उसको मनमा आर्य, ब्रात्य तथा दैत्य सबै संस्कृतिलाई बन्धुत्वका रूपमा समाहित गर्ने इच्छा उत्पन्न हुनु स्वाभाविकै थियो । त्यसैले सम्पूर्ण नृजातिमा सांस्कृतिक एकता स्थापना गर्ने उसको एउटै ध्येय थियो । उसले त्यस समयमा सबै वैदिक ऋचाको सङ्कलन गरेको थियो । त्यस कारण यो देव, दानव, दैत्य, आर्य र ब्रात्य सबैका लागि एउटा सामाजिक, सांस्कृतिक विन्दु बन्न गयो । यी सबैको मिलिजुली रूप राक्षस संस्कृति नै थियो । 

त्यस्तै देव संस्कृतिका संस्थापक रामलाई पनि राक्षस संस्कृतिदेखि केही रिस थिएन । रामले लङ्का विजयपश्चात् राक्षस संस्कृतिमै पालित विभीषणलाई नै त्यहाँका अधिपति बनाएका थिए । रामलाई रावणको केही अवाञ्छित आचरणप्रति मात्र आपत्ति थियो, अरू केही होइन । धर्म, विज्ञान, कला आदि क्षेत्रमा ख्याति प्राप्त राक्षस संस्कृति विश्वकै प्राचीन संस्कृति हो । यो देव एवं ऋक्ष संस्कृतिसमान आफ्नै विशेषता, गरिमाले ओतप्रोत भएको पाइन्छ, जसको व्याख्या विभिन्न हिन्दु धार्मिक ग्रन्थमा भएको पाइन्छ । 

नेपालटार, बालाजु