• १३ साउन २०८१, आइतबार

सिरहामा एमाले सचिवालय बैठक: विशेष प्रस्ताव पारित

blog

नेकपा (एमाले) को सचिवालय बैठक ।

काठमाडौं, भदौ १३ गते। नेकपा (एमाले) को सचिवालय बैठक सिरहाको धनगढी नगरपालिका-४ सर्रे अम्बासमा बसेको छ। बैठकले विशेष प्रस्ताव पारित गरेको छ। 

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकले ऐतिहासिक, राजनीतिक प्रस्तावसहितको विशेष प्रस्ताव पारित गरेको जानकारी दिनुभयो।

उहाँले बैठकमा चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारी र तत्कालीन सन्दर्भको सम्मान र स्मरण गर्दै सो भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो।

एमालेले नेकपा (माले) को चौथो महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनको एक विशिष्ट र ऐतिहासिक परिघटना भएको तथा नेकपाको चौथो महाधिवेशन नामाकरण गर्नुभएको मुख्य उद्देश्य टुटेको कडीलाई जोड्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुरहेको बताएको छ। 

बैठकमा मदन भण्डारीको प्रस्तावमा नेपाली क्रान्तिको विशिष्ट कार्यक्रम बहुदलीय जनवादी शासन स्थापना गर्ने सङ्कल्प गरिएको र २०४९ सालमा सम्पन्न पाँचौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवाद पारित भएको विषयमा समीक्षा भएको छ। ३० वर्षका व्यवहारिक परीक्षणका क्रममा यो सिद्धान्तको सच्चाई बारम्बार पुष्टि भएको एमालेको निष्कर्ष छ। 

उहाँले पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको बताउनुभयो। जनताले भोग्नुपरेको कष्टप्रति गम्भीर रहेको भन्दै स्थितिमा परिवर्तन ल्याउन प्रयत्नशील रहने एमालेले जनाएको छ।