• २३ पुस २०८१, मङ्गलबार

कांग्रेस नेता भण्डारीको हातको शल्यक्रिया

blog

नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी । फाइल तस्बिर

काठमाडौं, साउन ३१ गते। नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको  हातको शल्यक्रिया भएको छ। कीर्तिपुर अस्पतालका निर्देशक डा. पेरु प्रधान र मेडिकल डाइरेक्टर निजिना ताम्राकारले विज्ञप्ति सार्वजनिक गर्दै भण्डारीको बुधबार हातको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभएको हो।

शल्यक्रियापछि उहाँलाई आइसियुमा सारिएको अस्पताले जारी विज्ञप्तिमा उल्लेख छ। भण्डारी गत फागुन ४ गते राति घरको भान्साकोठामा ग्यास चुहिएको कारण लागेको आगलागीबाट गम्भीर घाइते हुनुभएको थियो। सोही समय कीर्तिपुर वर्न सेन्टरमै उपचार गरेर थप उपचार भारतको मुम्बईमा रहेको नेसनल वर्न सेन्टर लगिएको थियो। 

भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गत वैशाख १९ गतेदेखि काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो।

उहाँको शल्यक्रियाका क्यानाडाबाट प्रमुख सर्जन डा. तिमोथी स्प्रौल आउनुभएको जनाएको छ।  उहाँका अलावा डा. भण्डारीको शल्यक्रिया प्रा.डा.बिडी झा, प्रा. डा. शङ्करमान राई, सहप्राध्यापक किरण किशोर, डा.अनुप सुवेदी, डा.प्रदीप राजभण्डारी, डा.प्रविन गिरी, डा.निजिना ताम्राकार र मोहनकृष्ण डङ्गोलसहितको टोली सहभागी हुनुहुन्थ्यो।