• ११ मंसिर २०८१, मङ्गलबार

बेल्जियममा २९औँ आदिवासी दिवस सम्पन्न

blog

बेल्जियममा सम्पन्न भयो २९औँ आदिवासी दिवस ।

केजिन राई
काठमाडौं, साउन २९ गते ।
 बेल्जियमको क्यासेल्लोमा २९औँ विश्व आदिवासी दिवस सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमको आयोजनामा आइतबार विश्व आदिवासी दिवस सम्पन्न भएको हो ।

पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासीहरू एक हौ भन्ने नाराका साथ सम्पन्न सो दिवसमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो ।

 राजदूत राजभण्डारीले विश्व आदिवासी दिवस संसारभरका आदिवासीको उत्सवको रूपमा मनाइने बताउनुहुँदै अन्तर्राष्ट्रिय महासन्धि आई एल ओ १६९ जेनेभा कन्भेन्सनबाट पारित अगस्ट ९ को शुभकामना दिनुभयो ।

उहाँले परदेशमा समेत भूमे नाच, साकेला सिली, च्याग्रु, नोको बांगे लगायत ठेट नेपाली पस्किएर उत्सवको रूपमा नेपाली आदिवासी जनजाति एक ठाउँमा भेला भएर मनाउनु अविस्मरणीय रहेको उल्लेख गर्नुहुै यसलाई जीवन्त राख्न सुझाव दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियमका अध्यक्ष वीरमान मगरको अध्यक्षतामा सम्पन्न आदिवासी दिवसमा उपस्थित सबैलाई उपाध्यक्ष मुना राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

का

परम्परागत आदिवासी पहिचान झल्कने पोसाकमा सजिएका आदिवासी नेपालीले साकेला सिली, च्याग्रु, नोको बाङ्गेलगायत  नृत्यहरू प्रस्तुत गरेका थिए ।