• ३० वैशाख २०८२, मङ्गलबार

गुल्मीका बेपत्ता डिल्लीराज मृत फेला

blog

तिलाचन पाण्डे

तम्घास,साउन २६ गते ।  गुल्मीमा साउन ९ गते देखी हराएका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्वर ३  सिर्सेनीका ३२ वर्षीय डिल्लीराज अर्याल सिम्लेको खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शवलाई टाढाबाट खोलामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई खोलाबाट निकाली गुल्मी अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

शव पुरै सडेको अवस्थामा भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाण्डेले बताउनुभयो । शवलाई पोस्टमार्टम गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको पाण्डेले बताउनुभयो ।