• ४ पुस २०८१, बिहिबार

असोजभित्र सिंहदबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन

blog

सिंहदरबारको पश्चिम खण्डको प्रवलीकरणको अवलोकन गर्नुहुँदै सहरी विकासमन्त्री सीता गुरुङ ।

काठमाडौं, साउन १६ गते। सहरी विकासमन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम खण्डको प्रवलीकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलीकरणको कामको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिनुभएको हो। 

मन्त्री गुरुङ प्रवलीकरणमार्फत ऐतिहासिक सिंहदरबारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘‘प्रवलीकरण निकै जटिल र संवेदनशील काम हो, पुरानो संरचनालाई जस्ताकोतस्तै पुर्ननिर्माण गर्नु चुनौती थियो, विभिन्न चुनौतीलाई समाना गरेर भएपनि सिंहदरबार अब पुरानै अवस्थामा ठडिएको छ।’’ मन्त्री गुरुङले बाँकी कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिँदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताउनुभएको छ। 

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारलाई प्रवलीकरण गरेर सञ्चालनमा ल्याउदा आम नागकिरलाई पनि प्रवलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गर्नुभएको छ।  निर्माण सुरु भएको सिंहदरबारको पश्चिम खण्डको काम हालसम्म ९२ प्रतिशत सम्पन्न भएको छ। करिब ५० करोड लगानीमा पश्चिम खण्डको प्रवलीकरणको काम भइरहेको छ। प्रवलीकरणको जटिल मानिएको काम सम्पन्न भएर हाल रंगरोगन र फिनिसिङको काम धमाधम भइरहेको छ।

२०७२ सालमा गएको विनाशकारी भूकुम्पबाट क्षति पुगेको देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रवलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट  पुनर्निमाणको काम अघि बढाइएको थियो।