पर्खाइमा बसेका आँखाहरू
प्रगाढ मायाको ध्वनि सुन्न आतुर कानहरू
मुटुका ढुकढुकीको प्रतीक्षामा टोलाएका मनहरू
न त सुसेलीका भाका बुझ्छन्
न त गीत नै गुनगुनाउँछन्
तै पनि फेरि
घरको आगनतिर पाइला आफैँ लम्किन्छन्
तर विडम्बना
त्यहाँ आफ्नो आस्था र विश्वास नभेटेपछि
लोसे कदमहरू चाल्दा चाल्दै
सधैँभन्दा बढी थकित र निरास देखिन्थे
द्वन्द्वकालीन घटनाको नमिठो धुन
ती कर्कश आवाजहरू
ती पट्यारलाग्दा रातहरू
त्यत्ति नै बेला हतारिँदै
छोरीका बाबा कोठामा प्रवेश गर्नेबित्तिकै
किताबका पाना यत्रतत्र खोतल्न थाले
हामीलाई असाध्यै पिरोल्ने
निःसन्देह उनका आँखा
टोलाएर बसेका छोराछोरीतिर थिएनन्
बरु ठिक सामुन्ने मलाई हेर्दै भनेका थिए
धम्कीपूर्ण पत्र छ, स्कुलमा सन्त्रास फैलाउने
सायद यो अन्तिम पटक हो
आफ्नो र परिवारको ख्याल गर्नू
ती वाक्य अझै मुटुमा खिल झैँ बिझिरहन्छन् ।
त्यसपछि त हरेक रात खडेरी परेको समय थियो
आफ्नो घर आफ्नो जस्तो लाग्दैनथ्यो
मन दुख्यो, शरीर दुख्यो
तर थकानको भारी बिसाउने ठाउँ थिएन
बाँच्ने इच्छा म-यो
मनको खिल बल्झिरह्यो
हरेक र्मिर्मिरेमा
म त्यसै गरी ब्युँझँदा, श्रीमान्को आवाज सुन्थे
मायाले डोहो-याउँदै ल्याएको स्नेहको घरमा आफूलाई पाउँथे
आज एकाएक डेढ दशकपछि
छोरीको बालाई आफ्नो सामु
ठिङ्ग उभिएको देख्दा
उसैगरी आँखा भिजेका छन्
उसै गरी ओठ कलेँटी परेका छन् ।
तारकेश्वर–७, फुटुङ,काठमाडौँ