• १३ असोज २०८१, आइतबार

एमालेद्वारा प्रतिनिधिसभामा अवरोध : बैठक स्थगित

blog

काठमाडौं, साउन १० गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ । 

आज बसेको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेपछि एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेको हो । 

सदनमा अवरोध भएपछि बैठकको अध्यक्षता गरिरहनु भएका सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १५ गते दिन १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो ।