• १३ वैशाख २०८१, बिहिबार

सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध

blog

रेखीराम राना

पाल्पा, साउन ९ गते । अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको तिनाउ–३, स्थित दोभान नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै कालीगण्डकी कोरिडोर अन्तर्गत रम्भाको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । 

मङ्गलबार बिहानैदेखि सडक खुलाउने प्रयास भए पनि पानी नरोकिँदा पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पानी राकिएपछि पहिरो तत्काल हटाइने र सडक खुलाइने प्रनाउ थापाले बताउनुभयो ।