• २० असोज २०८१, आइतबार

सेनाद्वारा वृद्धाश्रमलाई १६ दराज सहयोग

blog

वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई दराज हस्तान्तरण गरिँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, साउन १ गते । इलामको माइखोला टापुस्थित माई भगवती वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई नेपाली सेनाले काठको दराज उपलब्ध गराएको छ । सदरमुकामको गढीथुम्कास्थित रण शार्दूल गणले इलाम नगरपालिका –१०, टापुस्थित रहेको वृद्धाश्रमलाई १६ वटा दराज सहयोग गरेको हो । 

लुगाफाटा र सरसामान राख्न ज्येष्ठ नागरिकलाई समस्या भएको देखेपछि सेना आफैँले दराज निर्माण गरी आज हस्तान्तरण गरिएको गणपति सुनिल सुवेदीले बताउनुभयो । २०६२ सालमा स्थापित वृद्धाश्रममा अहिले नौं जना पुरुष र पाँच जना महिला ज्येष्ठ नागरिक बस्दै आउनुभएको छ ।  

नेपाली सेनाले दिएको दराजले ज्येष्ठ नागरिकलाई सहयोग पुगेको वृद्धाश्रम संस्थापक इलाम नगरपालिकाका उपमेयर विष्णु दाहालले बताउनुभयो । वृद्धाश्रमलाई विभिन्न समय र अवसर मिलाएर विभिन्न सङ्घ संस्था तथा दाताहरूले सहयोग गर्नेगरेका छन् ।