• १२ पुस २०८१, शुक्रबार

हेलिकप्टर दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव । फाइल तस्बिर

काठमाडौं, असार २६ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। मंगलबारसोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइन रहेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा क्षेत्रमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभएको हो। 

उहाँले क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन यात्रुको निधन भएको समाचारले अत्यन्तै दुखित बनाएको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँले परिवारजनमा गहिरो शोक–समवेदना व्यक्त गर्नुभएको छ। ‘‘यस अकल्पनीय दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारजनप्रति गहिरो शोक–संवेदना व्यक्त गर्दछु’’, उहाँले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ। 

यो पनि पढ्नुहोस

हेलिकोप्टर दुर्घटनाको खबरले स्तब्ध : सभापति देउवा

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन समिति बनाइने

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु