• ४ वैशाख २०८१, मङ्गलबार

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे छानबिन समिति बनाइने

blog

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टर । तस्बिर : सोलुखुम्बु समाचारदाता

काठमाडौं, असार २६ गते । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मङ्गलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले यस्तो बताउनुभएको हो ।

मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँच जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ । मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधबारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गरिने बताउनुभयो । उहाँले सरकारले पहिलो दिनबाटै सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सरकार नागरिकको सुरक्षामा काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले डे वान देखि नै सेफ्टी फस्र्ट भनेर यही नारा उच्चारण गरेका छौँ । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फस्र्ट भनेका छौँ, हाम्रो पहिलो सर्त सुरक्षा हो । हामी छलफल बहसमा नै छौँ, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौँ । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौँ । भोलीसम्ममा गठन हुन्छ ।’’

यो पनि पढ्नुहोस

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना