• २६ वैशाख २०८१, बुधबार

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

blog

काठमाडौं, असार २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लामजुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ । प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन