• १४ वैशाख २०८१, शुक्रबार

तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न आग्रह

blog

काठमाडौँ, असार २४ गते । तोकिएको समयमा कर्जा र ब्याज भुक्तानी गर्न नेपाल राष्ट्र बैङ्कले सरोकारवालालाई आग्रह गरेको छ । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्न पर्दैन भनेर अफवाह फैलाउने र ऋण तिर्न नखोज्ने प्रवृत्ति बढेपछि नियामक निकाय राष्ट्र बैङ्कले कर्जा र ब्याज भुक्तानी गर्न आग्रह गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थाले गरेको लगानी साँवा ब्याज नै उठ्न छाडेपछि समस्या आइरहेको बैङ्करले बताएका छन् । बैङ्कको खराब कर्जाको दर ३.५ प्रतिशतमाथि पुगिसकेका कारण पनि खराब कर्जा असुल गर्न राष्ट्र बैङ्कले सूचनामार्फत सरोकारवालालाई आग्रह गरेको हो । समयमा नै कर्जा, साँवा र ब्याज भुक्तानी नगरेमा कालोसूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिबाना तिर्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ । समयमै ब्याज नतिर्दा कालोसूचीमा पर्ने र धितोसमेत लिलाम हुन सक्ने राष्ट्र बैङ्कले छ । राष्ट्र बैङ्कले समयमा नै कर्जा नतिरेको खण्डमा कालोसूचीमा पर्ने, बैङ्कले ऋण नदिन र खातासमेत खोल्न नपाउने जनाएको छ ।