• १३ मंसिर २०८१, बिहिबार

बस र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, असार १७ गते । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका –१ बराँदी, पेट्रोलपम्प नजिकै बस र मोटरसाइकल आइतबार दिउँसो १३ः१० बजे ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते हुनुभएको छ । 

मुग्लिनबाट डुम्रे जाँदै आउँदै गरेको ग २ ख १२३५ नम्बरको बस र सोही दिशाबाट आउँदै गरेको बा.प्र.०२–०१५ प ६२३६ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक धादिङको साबिक सेमजोङ गाबिस –३ हाल नेत्रावती डबजोङ गाउँपालिका –४ बस्ने बर्ष २७ को सागर तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडि सवार धादिङ नेत्रावती डबजोङ गाउँपालिका –२ बस्ने वर्ष २७ को सुरेन तामाङ घाइते हुनुभएको छ । घाइतेको आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी साधन र बस चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ खाणले बताउनुभयो ।