• १२ असोज २०८१, शनिबार

काभा पुरुष भलिबल : नेपाल सबै खेलमा पराजित

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १० गते । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको सबै खेलमा हार खेपेको छ । 

किर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगितामा नेपाल लिग चरणका ६ वटै खेलमा पराजित भएको हो । आइतबार भएको आफ्नो अन्तिम अन्तिम तथा छैटौँ खेलमा नेपाल उज्बेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो ।

बिस्केटस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा भएको खेलमा उज्बेकिस्तानले नेपालमाथि २५–२१, २५–२२, २५–२३ को नतिजा निकालेको हो । यसअघि नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान, चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौँ खेलमा आयोजक किर्गिस्तानको ‘बी’ टिमसँग पराजित भएको थियो ।

लिगमा नेपालसहित आयोजक किर्गिस्तानको दुई, इरान, मङ्गोलिया, तुर्किमिनिस्तान र उज्बेकिस्तान गरी सात टिमको सहभागिता रहेको थियो । 

सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ । लिगको तेस्रो र चौथो टिमबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।